काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युबारे सरकारले कुटनीतिक रुपमा बुझ्ने काम भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै सरकारले कुटनीतिक रुपमा सरकारले सम्पर्क गरेर बुझ्ने काम भइरहेको बताएका हुन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ उनले भनेका छन् ।
केआईआईटी कलेजमा अध्ययनरत नेपाली युवती प्रकृति लम्साल उक्त विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी थिइन् । त्यसको विरुद्ध आवाज उठाउँदा क्याम्पस प्रशासनले अन्य विद्यार्थीहरुलाई समेत होस्टेलबाट निकालेको छ । अहिले धेरै नेपाली विद्यार्थीहरुलाई जबरजस्ती होस्टेलबाट निकालिएको र उनीहरुलाई रेलवे स्टेशनमा लगेर छाडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया