काठमाडौं । सत्ता पक्षीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूबारे छलफल हुने जनाइएको छ।
यस अघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया