नवलपरासी पश्चिम । एउटा बहुराष्ट्रिय कम्पनी जसले राजस्वमा ठूलो हिस्सा राज्यका लागि योगदान दिन्छ र वार्षिक हजारौँलाई रोजगारी दिने गर्दछ । जसको योगदान चिसोको तलतल मेट्ने मात्रैमा सीमित छैन, नाफा कमाउनु उसको धर्म होला, त्यसको साथसाथै कमाएको नाफाको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वमा समेत खर्च गरिरहेको छ ।
नेपाल र विश्वमा नै पेप्सीका नामले परिचित बहुराष्ट्रिय कम्पनी पेप्सी अर्थात् नेपालमा भने वरुण वेभरेज प्रालि । वरुण वेभरेज प्रालिले नेपालमा कसरी काम गरिरहेको छ ? के काम गरिरहेको छ ? अनि उसको सामाजिक उत्तरदायित्व र राजस्वमा योगदानका विषयमा चर्चा गर्दै छौँ ।
***
२०४६ सालको परिवर्तनसँगै नेपालमा उदारीकरण र बाह्य लगानीको प्रोत्साहन सुरु भयो । सन् १९९० तिरै नेपाल प्रवेश गरेको वरुण वेभरेजले सन् १९९८ अर्थात् २०५५ सालमा पेप्सीका उत्पादनहरूका लागि प्लान्ट स्थापना गरी नेपालबाट समेत सेवा र व्यापार बिस्तार गर्यो । भारत र चीनमा आक्रामक व्यापार गरिरहेको अवस्थामा नेपाली बजारको माग धान्न नेपालमा नयाँ प्लान्ट स्थापना गरी उसले उत्पादन सुरु भयो ।

नेपालमा रहेको वरुण वेभरेज नेपाल, भारतको वरुण वेभरेज लिमिटेडको शतप्रतिशत सेयर स्वामित्व रहेको बहुराष्ट्रिय कम्पनी हो । आफ्नो उत्पादनको बजार बिस्तारमा आक्रामक बनी त्यसकै व्यापारको आडमा नेपालमा बढी कर तिर्ने कम्पनीमध्ये अग्रस्थानमा रहेको कम्पनी समेत हो, वरुण वेभरेज प्रालि ।
पेप्सी, मिरिण्डा, माउन्टेन ड्यू, सेभेन अप, स्टिङ इनर्जी ड्रिङ्क तथा स्लाइस वरुण वेभरेजका चर्चित उत्पादन ब्रान्डहरू हुन् । त्यसबाहेक पनि नेपालमा पेप्सी कम्पनीको सोडा र एक्वाफिना ब्रान्डको पानी चर्चित र लोकप्रिय छन् ।
पेप्सीले नेपालमा पेय पदार्थको बजारको कुल मागमध्ये ४० प्रतिशत माग एक्लैले धानिरहेको छ । अन्य कम्पनीका पेय पदार्थलाई टक्कर दिन आक्रामक रूपमा लगानीको रणनीति बनाएको वरुण वेभरेजले छोटो समयमा नै दोस्रो प्लान्ट समेत स्थापना गर्न सफल भयो ।
सन् १९९८ मा काठमाडौंको पेप्सीकोलामा पहिलो प्लान्ट स्थापना गरेको पेप्सीले त्यसको २० वर्षपछि अर्थात् सन् २०१८ मा नवलपरासीको रामग्राममा दोस्रो प्लान्ट स्थापना गरी उत्पादन सुरु गर्यो । १४ बिगाहा क्षेत्रफलमा फैलिएको नवलपरासी प्लान्टमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४ सय भन्दा बढीले रोजगारी पाएका छन् ।
वरुण वेभरेज आफ्ना उत्पादनहरूमा इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्याण्डर्ड (आईएसओ) बाट सर्टिफाइड कम्पनी हो । जसले आईएसओका सबै मापदण्डहरू पूरा गरेको वरुण वेभरेज नवलपरासी प्लान्टका क्वालिटी हेड (गुणस्तर प्रमुख) अरुण शर्माले बताए ।
गुणस्तरको अन्तर्राष्ट्रिय मापदण्ड कायम गरेकै कारण अधिकांशको रोजाइमा पर्न सफल भएको पेप्सीले यतिबेला नेपालमा पनि राम्रो प्रभुत्व जमाउन सफल छ । काठमाडौं प्लान्टबाट उत्पादित पेय पदार्थले काठमाडौं उपत्यका र अन्य जिल्लाको माग धानिरहेकोमा नवलपरासी प्लान्टबाट उत्पादित पेय पदार्थले भने विशेष गरी तराई क्षेत्रको मागलाई सम्बोधन गर्ने गरेको छ ।
बजारमा अन्य कम्पनीको पेय पदार्थसँग समेत प्रतिस्पर्धा गर्नुपर्दा गुणस्तरीय पेय पदार्थ उत्पादन सबैको प्रथम दायित्व हो भने त्यसैको जगमा आफ्नो उपस्थिति देखाउनु अर्को चुनौती पनि हो ।
गुणस्तर कायम गर्न के गर्छ पेप्सी कम्पनी ?
स्वभावैले बजारमा धेरै वस्तुको आगमन हुनु भनेको प्रतिस्पर्धा बढ्नु मात्र नभई आफ्नो वस्तुको गुणस्तरलाई कायम राख्ने चुनौती थपिनु पनि हो । वरुण वेभरेज आफ्ना उत्पादनहरूमा इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्याण्डर्ड (आईएसओ) बाट सर्टिफाइड कम्पनी हो । जसले आईएसओका सबै मापदण्डहरू पूरा गरेको वरुण वेभरेज नवलपरासी प्लान्टका क्वालिटी हेड (गुणस्तर प्रमुख) अरुण शर्माले बताए ।
त्यसो त आफ्नो क्वालिटी मेन्टेनकै लागि वरुण वेभरेजले दक्ष कर्मचारीको खोजी गर्दछ । त्यसका लागि वरुण वेभरेजले कम्पनीमा रोजगारीका लागि प्रवेश गर्ने कर्मचारीहरूलाई लामो समयको तालिम दिएर मात्रै कामकाजमा पठाउने गरेको छ । आन्तरिक र बाह्य रूपमा समेत ६ महिनासम्म तालिम दिएपछि मात्रै सम्पूर्ण रूपमा दक्ष बनाएपछि कर्मचारीलाई उत्पादनको काममा लगाइने गरिएको कम्पनीले बताएको छ ।

‘हाम्रो मुख्य उद्देश्य भनेकै बढी भन्दा बढी उपभोक्तालाई गुणस्तरीय वस्तु पुर्याउनु हो । हामी आईएसओ सर्टिफाइड कम्पनी हौँ, त्यसकारण यहाँ आउने हरेक कर्मचारीलाई दक्ष बनाएर गुणस्तरलाई कायम गर्नु नै अहिलेको मुख्य चुनौती हो र हाम्रो उद्देश्य पनि त्यही हो,’ शर्माले भने ।

त्यतिमात्र होइन उत्पादन अघि र उत्पादन पछि पनि विभिन्न तहमा कच्चा पदार्थदेखि उत्पादित वस्तुको परीक्षण हुने गर्दछ । उत्पादित वस्तुको एआईबी मार्फत गुणस्तर मापन गर्ने गरिन्छ । अमेरिकी इन्स्टिच्युट अफ बेकिङले वर्षमा एकपटक प्लान्टमा आएर निरीक्षण गर्ने गर्दछ । त्यतिमात्र होइन, प्रत्येक महिना बजारबाट वरुण वेभरेजका उत्पादनहरु स्याम्पल लगेर चीनमा रहेको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ ।
त्यसैका कारण वरुण वेभरेजले स्थापनाकालदेखि नै गोल्ड स्ट्याण्डर्ड कायम गरिरहेको क्वालिटी हेड शर्माले बताए ।
‘हामी स्थापनाकालदेखि नै गुणस्तरमा चुस्त–दुरुस्त रहँदै आएका छौँ । अझ विगत चार वर्षदेखिको तथ्यांक हेर्ने हो भने हाम्रो गुणस्तर गोल्ड स्ट्यान्डर्ड कायम छ,’ उनले भने ।
आफ्नै क्वालिटी ल्याब
वरुण वेभरेज नवलपरासीले आफ्नै क्वालिटी ल्याबमार्फत प्रत्येक आधा घण्टामा गुणस्तर जाँच गरिरहेको हुन्छ । बोतलको प्रिफर्मदेखि उत्पादित वस्तुसम्म त्यहाँ परीक्षण हुने गर्दछ । नवलपरासी प्लान्टमा फरक फरक किसिमका पेय पदार्थहरू उत्पादन गर्ने ५ वटा लाइन छन् । प्रत्येक लाइनबाट आधा घण्टाको फरकमा नमुना संकलन गर्ने गरिन्छ ।
नमुना संकलन गरेर क्वालिटी ल्याबमा ल्याइन्छ । त्यहाँ पेय पदार्थ मात्र नभएर समग्र उत्पादन प्रक्रियाको समेत परीक्षण गरिन्छ । त्यहाँ बोतलको प्रिफर्मदेखि उत्पादित वस्तुमा पानी, चिनीलगायत अन्य वस्तुहरूको मात्रा मिलेको छ वा छैन भन्ने परीक्षण गरिन्छ । यदि भएको छैन भने उत्पादित सबै वस्तुलाई प्रयोगविहीन बनाइन्छ । जसबाट ठूलो धनराशि नोक्सान हुने भएकाले गम्भीरता अपनाएर मात्रै उत्पादन गरिन्छ । त्यसो त त्यहाँबाट निस्किएका फोहोरलाई समेत वातावरणीय प्रभावका हिसाबले असर नगर्ने विधिबाट मात्रै विसर्जन अर्थात् डिस्पोज गर्ने गरिएको छ ।
पेप्सी उत्पादनका लागि कच्चा पदार्थ के के चाहिन्छ ?
बेलाबेला नेपालमा पेय पदार्थहरूमा अखाद्य वस्तुहरूको समेत मिसावट हुने गरेको गुनासो आइरहेका हुन्छन् । कतिपयले हाम्रो शरीरका लागि हानिकारक वस्तुहरू समेत त्यसमा मिसाइएको भन्ने विश्वास गर्छन् । पेप्सीको उत्पादनमा ९० प्रतिशत पानीकै प्रयोग हुने क्वालिटी हेड शर्माको दाबी छ । त्यसका अतिरिक्त चिनी र उत्पादन अनुसारको फ्लेवर राख्ने गरिन्छ ।

चिनीलगायत अन्य खाद्य पदार्थहरू पेप्सीले मान्यता दिएको कम्पनीबाट खरिद गर्ने गरिन्छ । त्यतिमात्र होइन, खरिद गरेर ल्याएपछि त्यसलाई पुनर्मूल्यांकन गरेर मात्रै प्रयोग गर्ने गरिन्छ । बोतलको प्रिफर्म समेत १४ बिगाहाभित्रैको क्षेत्रफलको प्लान्टमा उत्पादन गर्ने गरिन्छ । र, त्यसलाई क्वालिटी ल्याबमा ल्याएर परीक्षण गरेपछि मात्रै बोतल तयारीका लागि मेसिनमा राख्ने गरिन्छ । फ्रेन्चाइज लिएर प्लान्ट सञ्चालन गरिरहेको पेप्सीले मुल कम्पनीकै नीतिलाई अंगिकार गरी गुणस्तर कायम गरिरहेको बताएको छ ।
नवलपरासी प्लान्टमा ४ सय भन्दा बढीलाई रोजगारी
हाल वरुण वेभरेज नवलपरासीमा ४ सयभन्दा बढीले एकैपटक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । अस्थायी र स्थायी दुई प्रकारका कामदार र कर्मचारी वरुण वेभरेजसँग रहेका छन् । बजारको उत्पादनको मागअनुसार अस्थायी कर्मचारीहरू हायर गरिन्छ र सरकारले तोकेको न्यूनतम ज्यालामा उसको क्षमता हेरेर तलबको व्यवस्था गरिएको छ । त्यसका साथै अतिरिक्त कामको ज्याला समेत छुट्टै दिइन्छ । कामका लागि आएका कामदारदेखि कर्मचारीसम्मलाई पूर्ण ग्यारेन्टीका साथ काममा लगाइने व्यवस्थापनले जनाएको छ । त्यतिमात्र होइन सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषमा समेत त्यहाँका कर्मचारीले सुविधा पाइरहेका छन् ।
हरित उर्जालाई प्रोत्साहन गर्न आफ्नै सोलार प्लान्ट
वरुण वेभरेज प्रालि नवलपरासीले आफ्नै सोलार प्लान्ट (सौर्य विद्युत्) स्थापना गरेको छ । गत माघ २५ गते एक कार्यक्रमका बीच २ मेगावाट विद्युत् उत्पादन क्षमताको सौर्य प्लान्ट स्थापना गरिएको छ ।

उक्त प्लान्टमा आवश्यक विद्युतमध्ये २० प्रतिशतसम्म माग सोलार प्लान्टले धान्न सक्नेछ । ११ करोड रुपैयाँ लगानीमा स्थापना गरिएको उक्त प्लान्ट हरित उर्जामैत्री रहेको र आगामी दिनमा सौर्य उर्जाको उत्पादनमा जोड दिने वरुण वेभरेज नेपाल नवलपरासी प्लान्ट प्रमुख वी चन्द्रशेखरले बताए । शौर्य ऊर्जा विद्युतबाट कार्बन उत्सर्जन शून्य हुनेछ र त्यो वातावरण मैत्री हुने भएकाले वरुण वेभरेजले परम्परागत भन्दा सौर्य उर्जालाई प्राथमिकता दिएको हो ।

हरित उर्जा प्रवद्र्धन र कार्बन उत्सर्जनलाई निरुत्साहित गर्न सकिने र परम्परागत विद्युत् उर्जालाई निरुत्साहित गर्दै आगामी दिनमा वातावरण मैत्री उर्जाबाट समग्र प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको चन्द्रशेखरले बताए ।
सामाजिक उत्तरदायित्वमा अगाडि
वरुण वेभरेजले बजारमा आफ्नो उत्पादनको प्रभुत्व कायम र राज्यलाई राजस्वमा योगदान मात्र गरिरहेको छैन, सामाजिक उत्तरदायित्वमा समेत जिम्मेवार बनेको पाइएको छ । कम्पनीले स्वास्थ्य सेवा, जनचेतनामूलक कार्यक्रमदेखि धार्मिक क्षेत्रमा समेत सामाजिक उत्तरदायित्वका रूपमा काम गरेको छ ।

वरुण वेभरेजले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गर्दछ । त्यति मात्र होइन दिगो रूपमा स्वास्थ्य सेवा दिनका लागि नेपालका दुई स्थानमा निःशुल्क स्वास्थ्य क्लिनिकसमेत सञ्चालन गरेर जनतामा स्वास्थ्य सेवा दिइरहेको छ । वरुण वेभरेजले काठमाडौंको पेप्सीकोलामा ‘आरु’ नामक निःशुल्क क्लिनिक सञ्चालन गरिरहेको छ । उक्त क्लिनिकमा निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क चिकित्सा परामर्श, निःशुल्क प्रयोगशाला परीक्षण र केही औषधीसमेत निःशुल्क वितरण गर्ने गरिएको छ । त्यसका साथै वरुण वेभरेजले विराटनगरको विराट आँखा अस्पताललाई समेत भौतिक, प्राविधिक र आर्थिक सहयोग गरिरहेको छ ।
विराट आँखा अस्पताल उक्त क्षेत्रमा आँखाको उपचारका लागि प्रख्यात अस्पतालसमेत हो । साथै उपभोक्ता सचेतनाको क्षेत्रमा विभिन्न संघ संस्थासँग सहकार्यमा काम गरिरहेको पेप्सी कम्पनीले नेपाल प्रहरीसँगको समन्वय र सहकार्यमा पोर्नोग्राफीका गलत पाटोहरूका बारेमा बालबालिकालाई चेतना जगाउनका लागि महिला र बालबालिकाको क्षेत्रमा समेत काम गर्दै आएको छ ।
राज्यलाई योगदान
नेपालमा राजस्वमार्फत राज्यलाई ठूलो योगदान गर्ने कम्पनीमा वरुण वेभरेज पर्दछ । वरुण वेभरेजले वार्षिक अर्बौँ रुपैयाँ राज्यलाई कर तिर्ने गरेको छ । कम्पनीले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी कर तिर्ने गरेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी दसौँ हजारलाई रोजगारीसमेत दिएको कम्पनीले जनाएको छ । पेप्सी कम्पनीको नामबाट परिचित रही नेपालमा वरुण वेभरेजको नामबाट उत्पादन गरिरहेको कम्पनी निरन्तर नाफा कमाउने कम्पनी भएकाले उसले राज्यलाई मूल्य अभिवृद्धि कर (भ्याट), अन्तः शुल्क, भन्सार महसुल तथा आयकरसमेत तिरी पटक पटक पुरस्कृत समेत हुने गरेको छ ।
* कम्पनी प्रोफाइल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया