झापाबाट काठमाडौं आउँदै गरेको सवारी दुर्घना हुँदा एकको मृत्य, पाँच घाइते

लोकपथ
112
Shares

काठमाडौं । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन आज बिहान दुर्घटना भएको छ । 

विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-५ मा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताए । मोरङको लेटाङ नगरपालिका- २ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका-१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?