काठमाडौं । नवलपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु छ । गैंडाकोट नगरपालिका-५ कालिकाचोकमा विद्युत् लाइन मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरी रहेका छन् ।
पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा विहीबार करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
एक्कासि करेन्ट लागेपछि उनको पोलमै मृत्यु भएको थियो । पोलमा झुण्डिएको अवस्थाको शव प्रहरी समेतको सहयोगमा तल झारिएको थियो ।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया