काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरिएको छ । आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएका ती एसपीहरुलाई आज सोमबार जिम्मेवारी प्रदान गरिएको हो । तीमध्ये केहीलाई काजमा पनि खटाइएको छ ।
पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदीप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएकोमा काजमा जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाउने निर्णय भएको छ ।
यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहरप्रसाद भट्टले जिम्मेवारी पाएका छन् । उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ ।
यस्तै, नवीन कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा, दीपक गिरी ट्राफिक प्रहरी कार्यालय र युवराज खड्का सीआईबीमा पदस्थापन भएका छन् ।
रुगमबहादुर कुँवरलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा र भेषराज रिजाललाई साइबर ब्युरोमा पदस्थापन गरिएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया