तेल अभिभमा अमेरिकी जहाजमाथि आक्रमण गरेको हुथी समूहको दाबी 

लोकपथ
224
Shares

काठमाडौं । यमनको हुथी समूहले शुक्रबार उत्तरी लाल सागरमा रहेको यूएसएस ह्यारी एस ट्रुम्यान विमानवाहक जहाजमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलको तेल अभिभमा तीन वटा बमले भरिएका ड्रोनहरू प्रहार गरेको छ । विगत ४८ घण्टामा धेरै सैन्य कारबाहीहरू गरेको सञ्चार माध्यमले जनाएको छ  ।

अमेरिकी सेनाले हुथीको दाबीमा अझै टिप्पणी गरेको छैन । हुथी समूहले लाल सागरमा रहेको अमेरिकी विमानवाहक जहाजलाई लक्षित गरेको दाबी गरेको छ । 

इजरायलको सेनाले युद्धक विमानहरूले सानामा रहेको हेज्याज पावर स्टेसन र होदेइदाह र रास इसाका यमनी बन्दरगाहहरूलाई लक्षित गरेको दाबी गरेको छ । नोभेम्बर २०२३ देखि हुथीहरूले इजरायलमा रकेट र ड्रोन आक्रमण गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?