अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने सम्भावना बढ्यो, अहिले आकांक्षा राख्नेहरु बाहिरिने

लोकपथ
168
Shares

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीमा उमेर हदको विषयमा केन्द्रले कुनै हस्तक्षेप नगर्ने भएको छ ।

आज वर्तमान पदाधिकारीसहितको टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटेको थियो । सो क्रममा प्रचण्डले उमेर हदका विषयमा आफूले कुनै पनि हस्तक्षेप नगर्ने त्यसका लागि निर्णय गर्ने अधिकार देशभरबाट आएका प्रतिनिधिहरुलाई दिन निर्देशन दिएका हुन् ।

त्यससँगै प्रतिनिधिहरुले नै अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने वा नलाग्ने विषयमा निर्णय गर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुसालले जानकारी दिए ।

उनका अनुसार आजै प्रतिनिधिहरुले त्यस विषयमा निर्णय गर्नेछन् । यदी बहुमत प्रतिनिधिहरु उमेर हदको पक्षमा रहेमा २८, ३० वा ३२ कति राख्ने भन्ने विषयमा समेत उनीहरुले नै निर्णय गर्नेछन् ।

‘पार्टी अध्यक्ष प्रचण्डले आफूले नेतृत्व चयनका लागि कुनै पनि हस्तक्षेप नगर्ने बताउनुभयो । साथै उमेर हदको विषयमा हललाई नै निर्णय गर्ने अधिकार दिने बताएसँगै अब प्राइमरी इलेक्सनबाट त्यस विषयमा निर्णय हुनेछ,’ भुसालले भने, भुसालले भने, ‘यदी बहुमत प्रतिनिधिहरु उमेरहदको पक्षमा देखिएमा २८,३० वा ३२ कुन लगाउने भन्नेमा समेत प्रतिनिधिहरुले नै निर्णय गर्नेछन् ।’
अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनका लागि देशभरबाट २ हजार ३ सय ३२ जना प्रतिनिधि छनोट भएका छन् ।

गत असोज १० गते कीर्तिपुरमा नयाँ नेतृत्व चयनका लागि प्रचण्डले सम्मेलनको उद्घाटन गरेका थिए । नँया नेतृत्वका लागि लागि वर्तमान १७ उपाध्यक्ष र एक महासचिवसहित अन्यको समेत दाबी रहेको थियो । यदी उमेर हदको पक्षमा प्रतिनिधिहरुको बहुमत भएमा अहिले नेतृत्वका लागि आकांक्षी देखिएका धेरै प्रतिनिधिहरु बाहिरिनेछन् ।

त्यसो त आजै प्रचण्डले नेतृत्वका लागि हानथाप गर्नुभन्दा स्थानीय निर्वाचन र क्षेत्रमा लाग्न निर्देशन दिएका छन् ।

हालसम्म कांग्रेस निकट नेविसंघले नेतृत्व चयनका लागि उमेर हद लागू गरेको छ । हाल नेविसंघमा ३२ वर्षे उमेरहद लागू भएको छ । तर अन्य संगठनमा भने उमेर हद लागू भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?