काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन् ।
पर्वतको पैँयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल शनिबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका थिए । लगत्तै उनले विमानस्थलबाहिर कुरिरहेका आफन्तलाई सम्पर्क पनि गरेका थिए । तर, त्यसपछि भने उनी बेपत्ता हुन पुगे ।
आफूहरुको सम्पर्कमा नआएपछि वृद्धका आफन्त मधु वस्तीले गौशाला प्रहरी वृत्तमा खोजीका लागि निवेदन दिएका छन् । गौशाला प्रहरी प्रमुख डिएसपी केशव थेवेले भने, ‘हिजो रातिदेखि परिवारको सम्पर्कमा नआएपछि उहाँको परिवारले प्रहरी कार्यालयमा निवेदन दिनु भएको छ ।’ घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थेवेले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया