संसदीय सुनुवाइ समितिको बैठक सारियो

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सारिएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको हो । आजको बैठकमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानको नाम अनुमोदनका लागि बैठक बोलाइएको थियो । तर आन्तरिक छलफलको कारण देखाउँदै बैठक सारिएको हो ।

यसअघि बसेको समितिको बैठकमा उनीमाथि यौन दुर्व्यवहार लगायत नैतिक प्रश्न उनीमाथि उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?