विप्लव समूहमाथि निगरानी बढाउने निर्णय

सोलुखुम्बु । विप्लव समूहले चौकी आक्रमणको प्रयास गरेपछि सोमवार जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको जानकारी दिए ।

बैठकमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?