डडेलधुरा । डडेलधुरा जिल्ला गन्यापधुरा ६ मा जन्मिएका विद्यार्थी नेता दुर्गा कापडीले विद्यालयलाई ५ सय पुस्तक हस्तान्तरण गरेका छ्न् । चार कक्षादेखि अध्ययन गरेका कापडीले सोही विद्यालय श्री भुवनेशवरी माबी जैसेरालाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
आफ्ना बुवा तथा नेपाली कांग्रेस गाउँ एकाइ सभापति मार्फत पुस्तक हस्तान्तरण गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
साथै सोही अवसरमा विद्यालयले दुर्गा कापडीका बुवा धनी राम कापडीलाई सम्मान समेत गरेको छ ।
विभिन्न किसिमका गरि कम्तीमा दुई लाखका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको प्रमुख अध्यक्ष जय राज भट्टले जानकारी दिए । सो पुस्तक विद्यालयलाई पुस्तकालय निमार्ण गर्न टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी सेर बहादुर भण्डारी ले बताए ।
कार्यक्रममा सबै वडा अध्यक्षलाई समेत बोलाइएको थियो । वडा अध्यक्षले समेत दुर्गा कापडीलाई धन्यवाद दिएको विद्यालयका लेखापाल लोक बहादुर खत्री ले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया