बाँके । नेपालगञ्जको नरैनापुरमा शुक्रवार राति हवाई फायर भएको छ ।
भारतीय नागरिकले इलाका प्रहरी कार्यालय नरैनापुरमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।
स्थिति तनावग्रस्त भएपछि नियन्त्रणका लागि ६५ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुरका डिएसपी रमेश सिंहका अनुसार भारतको श्रीवस्ती घर भएका ४२ वर्षीय देवीदिन विश्वकर्मालाई पाँच केजी चरेससहित पक्राउ गरेको थियो । उनीहरूले पक्राउ परेका भारतीय नागरिकलाई छोड्न दबाब दिँदै प्रहरी चौकी र प्रहरीको गाडीमाथि आक्रमण गरेको बताए ।
पक्राउ परेका विश्पकर्मालाई गथ अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर राखिएको डिएसपी सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया