चट्याङ लाग्दा एकको मृत्यु

नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिवारराति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । 

चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ  । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?