काठमाडौं । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउँदै उनीहरूले सो माग गरेका हुन् ।
आज (शुक्रवार) सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले सो माग गरेका हुन् ।
नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा किटानी गरेको छ । संविधानले कक्षा १२ सम्मको शिक्षा निशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेको छ ।
शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेको अनेरास्ववियू ९क्रान्तिकारी ० का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड १६ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया