जनकपुरधाम । वैशाख ५ गते श्रीमतीलाई जिउँदै आगो लगाएर फरार भएका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुलासा भएको छ ।
धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले २२ वर्षीया पत्नी निर्मलादेवी यादवको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा वैशाख १६ गते काठमाडौंमा निधन भएको थियो ।
प्रहरीले मुकेशलाई कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको हो ।
प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको बताए ।
मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ । पक्राउ देवर–भाउजुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश छन् ।
मुकेश र भाउजुलाई निर्मलाले आपत्तिजनक अवस्थामा देखेपछिको श्रीमान श्रीमतीबीच विवाद शुरु भएको । यही विषयलाई लिएर दिनहु मुकेश र निर्मलाबीच झगडा हुन्थ्यो ।
घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो ।
घटना भएको दिन मुकेश पेट्रोल लिन भाउजुकोमा पुग्दा पुगे । भाउजुले किन चाहियो भनेर सोधे मुकेशले निर्मलाको कपडा जलाइदिन्छ भनेका थिए । तर, श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौँला, त्यसपछि मकेशले निर्मलालई जिउँदै लगाएको प्रहरीको पारम्भिक अनुसान्धनबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया