काठमाडौं । तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो ।
सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् ।
त्यस्तै अपराध महाशाखामा रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया