श्रीलंका बम विष्फोट : ६ सय जना देश निकाला

 श्रृंखलाबद्ध बम  विष्फोट र हजारौँको हताहतीपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ ।

गृहमन्त्री बी अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गृहमन्त्री अबयवर्दनाले धर्मगुरुप्रति कुनै गुनासो नरहे पनि एकाएक आएका केही धार्मिक गुरुहरुलाई भने निगरानीमा राखिनुपर्ने बताएका छन् ।  

देश निकाला गरिएकाहरु कुन कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । 

विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?