WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७६ साल वैशाख २२ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. नेकपा संसदीय दलको बैठक – प्रचण्डले भने, ‘मेरो सरकार’ पछि घुसाइयो’ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ पछि घुसाइएको बताएका छन् । शुक्रवार अपराह्न राष्ट्रपति विद्यावेदी भण्डारीले संसदमा प्रस्तुत गरेको २६ पृष्ठ लामो सरकारको नीति तथा कार्यक्रम त्यहाँ प्रस्तुत हुनअगावै नेकपा अध्यक्ष प्रचण्डले पढेका थिए ।
2. नानो स्याटलाइट शुरु गर्ने म, जस लिन ओली सरकार स् सभापति देउवा (पूर्णपाठसहित) : ‘नीति तथा कार्यक्रममा बकम्फुसे र उडन्ते कार्यक्रम राखियो’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नानो स्याटलाइट आफ्नो पालामा शुरु भएको बताएका छन् ।
3. ‘मेरो सरकार’ बारे ओली बोलेः भारतमा पनि यस्तै छ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेको स्पष्टीकरण दिएका छन् ।गणतन्त्र स्थापनापछि नीति तथा कार्यक्रम सम्बोधनका क्रममा पहिलोपटक राजाकै शैलीमा राष्ट्रपति विद्या भण्डारीले मेरो सरकार सम्बोधन गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बोलेका हुन् ।
4. जनसंख्याभन्दा धेरै जमिनका टुक्रा : देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
5. चालक र सहयोगीमा आफ्नै नाम राखेर कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो ।
6. हामी डाक्टर खोजिरहेका छौँ, तपाईंहरु रोजी–रोजी सचिव फेरि रहने सांसद महत : सरकारले तयार पारेको आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णाली सांसदले कर्णाली प्रदेशलाई नीति तथा कार्यक्रममा समावेश नगरेको प्रति आपत्ति जनाएका छन् ।
7. धनगढी विमानस्थलमा हवाई सेवा बन्द : सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौं धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ ।
8. जनस्तरबाट कैलालीको लम्कीमा बन्यो ‘नमुना अध्ययन गृह’ : कैलालीको लम्कीचुहा नगरपालिकास्थित मुक्त कमैया वस्तीमा हिजो शनिवार ‘नमुना अध्ययन गृह’ नामक बाल गृहको उद्घाटन गरिएको छ । अध्ययन गृह कमैया वस्तीका १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका निमित्त स्थापना भएको हो ।
9. शेयर बजार दोहोरो अङ्कले घट्यो : पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज ९आइतवार० धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।
10. भाजपा नेताको हत्या : अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० का एक जना स्थानीय नेताको हत्या गरेका छन् । भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उनीमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतवार जानकारी दिएका छन् ।
11. जेष्ठ पहिलो साताबाट प्रधानमन्त्री कप क्रिकेट शुरु हुने : आगामी जेठ १ गतेदेखि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ र नेपालय इन्टरनेशनल आज ‘आइतवार’ पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
12. एउटै खोलाबाट पाँच लघु जलविद्युत् सञ्चालनमा : रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ ।
13. पहाडी मधेशीबीचको द्वन्द्व स् मित ज्यू अब कसरी जाने….. ? : काठमाडौंको अनामनगरस्थित मण्डला थियटरमा वैशाख २१ गतेदेखि पहाडी र मधेशीबीचको मितेरी साइनोमा आधारित नाटक ‘मिता’ शुरु भएको छ । यो नाटक जेठ ५ गतेसम्म चल्ने छ यस नाटकमा एक पहाडी र एक मधेशी मुलका पात्रहरुबीच भेटघाट हुन्छ र उक्त भेटघाट मितामा परिणत हुन्छ ।
14. पार्टीको सुनौलो भविष्यका लागि काम गर्न जरुरी छ – नेता पौडेल : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताएका छन् ।
15. भाइरल ज्वरोको प्रकोपमा बाजुरावासी, ५५ वर्षीया छञ्जकलाको मृत्यु : जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्यु समेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए ।
16. सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा : गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिए ।
17. सगरमाथा सरसफाइमा कोकाकोलाको साथ : चर्चित पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस।पी।सि।सि। सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउन अभियानको शुरुवात गरेको छ ।
18. सभामुखले गरेको रुलिङ सरकारले मान्छ कि मान्दैन रु स् राजपा नेता कर्ण : राष्ट्रिय जनता पार्टी (राजपा)ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । आइतवार प्रतिनिधिसभाको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले मधेश तथा थरुहट आन्दोलनका क्रममा भएको घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।
–राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने : नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा रकम राख्ने भएको छ ।बैंकले एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको हो ।
–सरकारले नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो राजपा नेता महतो : राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भनेर प्रश्न गरेको छ । आइतवार प्रतिनिधिसभाको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रमको ७ नम्बर बुँदामा आपत्ति जनाउँदै सो कुरा भनेका हुन् ।
–देशभरका सरकारी कार्यालयमा वेबसाइट बन्द, सेवाग्राही प्रभावित : देशभरका सरकारी कार्यालयका वेबसाइट नखुल्दा सरकारी सेवा प्रभावित भएको छ । सरकारी सिस्टम नयख।लउ डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेको र देशरभरका सरकारी सेवा प्रभावित भएको हो ।
–नेकपा अध्यक्ष प्रचण्डले पुनः विवाह गर्दै : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विवाह गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यही वैशाख २६ गते पत्नी सीता दाहालसँग पुनः विवाह गर्न लागेका हुन् ।
–फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु : बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतवारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् ।
– उपत्यकाको १० स्थानमा सवारी चार्जिङ स्टेसन स्थापना हुने : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको १० स्थानमा सवारीको चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्यसहित प्राधिकरण आफैँले काठमाडौंको १० स्थानमा सवारी चार्जिङ स्टेसन स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया