३ लाख घुस खाने नायव सुब्बा अख्तियारको फन्दामा

काठमाडौं– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक तीन लाख  घुससहित अख्तियारको फन्दामा परेका छन् ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई चारबाहीनी चोकस्थित श्री लयसै च्याम्बरबाट नियन्त्रणमा लिइएको बुटवलस्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?