हाईटीस्थित एफपियु मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

काठमाडौं-प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ हाईटीस्थितमिनुस्ताह मिसनमा फर्म पुलिस युनिट २३औं समूहमा खटिइ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार स्वागत गर्नुभएको छ ।

स्वागत कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेलेसंयुक्त राष्ट्र संघीय मिसनमा रही प्रहरी कर्मचारीहरुले राष्ट्रको गौरव बढाउने कार्य गरेको विश्वास व्यक्त गर्नुभयो । मिसनमा रहेको अवस्थामा स्वदेशमा भएका गतिविधि,प्रहरीले गरेका नयाँ तथा भावी कार्ययोजना, नेपाल प्रहरीले १ वर्षको अवधिमा पाएको पुरस्कार, समुदाय-प्रहरी साझेदारी कार्यक्रम लगायतलाई मध्नजर राखी आगामी दिनमाखटिने स्थानमा आफ्नो उर्जा र अनुभवलाई समेटदै काम गर्नुपर्ने उहाँले बताउनुभयो । साथै नेपाल प्रहरी जनताको आशाको केन्द्र भएको उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले उक्त आशा मर्न नदिने गरी मानव अधिकारको संरक्षण गर्दै राज्यको नीति अनुसार काम गर्नउहाँले निर्देशन दिनुभयो ।

सो अवसरमा उक्त टोलीकाडेपुटीकन्टिन्जेन्ट कमाण्डर प्रहरी नायव उपरीक्षकअर्जुन तिमिल्सिनाले मिसनमा गरेका कार्यप्रगतिको विवरण, चुनौती, कामको अनुभवलगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०७४ चैत्र १९ गतेदेखि २०७६ साल वैशाख १९ गतेसम्म मिसनमारही स्वदेश फिर्ता भएको टोलीमा प्रहरी नायव उपरीक्षक ७,प्रहरी निरीक्षक ४, प्रहरी नायव निरीक्षक ३०, प्रहरी सहायक निरीक्षक ३१, प्रहरी हवल्दार ४८,प्रहरी जवान २ र प्रहरी कार्यालय सहयोगी ४ जना गरी जम्मा १ सय २६ जनारहका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?