काठमाडौं । ट्राफिक प्रहरीले तोकिएको स्थानमा मात्र सवारी साधन पार्किङ गर्न अनुरोध गरेको छ ।
शुक्रवार सूचना जारी गर्दै ट्राफिक प्रहरी महाशाखाले आइतवारदेखि कलंकी एरियामा अनिवार्यरुपमा तोकिएको स्थानमा मात्र पार्किङ गरि यात्रुहरुलाई चढाउने र ओराल्ने निर्णय भएको जानकारी गराएको हो ।
सम्पूर्ण सार्वजनिक सवारी चालक, सवारी प्रयोग कर्ता तथा पैदल यात्रुको सहजताका लागि प्रहरीले सो अनुरोध गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया