वैशाख १९ गते दुनियाँमा दिनभर के भयो ? १८ ट्रेन्डिङ समाचार एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७६  साल वैशाख १९ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1.    प्रदेश २ को राजधानी तोक्न गठित आयोगले मृख्यमन्त्री राउतलाई प्रतिवेदन बुझायो  :   प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित सम्वाद सुझाव आयोगले आज ९बिहीवार० मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

 

2.    परराष्ट्रमन्त्रीले भने, ‘चीन भ्रमण ऐतिहासिक, सफल, फलदायी र सार्थक भयो :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज ९बिहीवार० देश फर्किएका छन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गरे । 

 

3.   नेपालमा पहिलो पटक बर्डफ्लुबाट युवकको मृत्यु  : नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लु भेटिएको छ भने बर्डफ्लुबाट एक युवकको मृत्यु समेत भएको छ ।  बर्डफ्लुबाट मृत्यु हुनेमा काभ्रेका २१ वर्षीय युवक रहेका छन् । उनलको परिचय गोप्य राखिएको स्वास्थ्य मन्त्रालयले विहीवार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

 

4.    पार्टी एकता स् उपेन्द्र यादवले भने, ‘कहिले हुन्छ ज्योतिषलाई पनि थाहा हुन्न’  :  केही दिन पहिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच पार्टी एकताको कुरा चल्यो । यसले चौतर्फी चर्चा पायो । तर, फोरम सरकारमा रहेसम्म वार्ता नहुने राजपाले जनाएको थियो । 

 

 

5.    प्रधानमन्त्रीले हटाए रक्षामन्त्रीलाई, के मा घात गरे रक्षामन्त्रीले ? :  नभन्नु भनेको कुरा भनिदिएपछि के हुन्छ साथी भए रिसाईन्छ । आफन्त भए अर्कोपल्टदेखि गोप्य कुरा सेयर गर्न छोडिन्छ ।पावरमा भएको मान्छेबाट यस्तो भए नि  ? बेलायती रक्षामन्त्री गभिन विलियम्सन बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको छ । 

 

 

6. प्रदेश ३ का १५ हजार बालबालिका स्कुल जाँदैनन् , कसले कुम्ल्यायो शिक्षाको बजेट ?  करिब १५ हजार बालबालिका विद्यालयको पहुँचबाहिर छन् ।सुन्दै अचम्म लाग्ने यो तथ्य प्रदेश ३ को हो ।शिक्षा विकास निर्देशनालय प्रदेश ३ ले जनाएअनुसार शैक्षिक सत्र ०७६ को भर्ना अभियानमा ती सबै बालबालिकालाई विद्यालय भर्ना गराउने निर्देशनालयको लक्ष्य छ।  तर यो लक्ष्य पुरा हुन्छ हुँदैन त्यो भने समले नतिजा दिनेछ ।

 

 

7.     नेकपा पोलिटब्युरो गठन, भागबन्डामा सहमति :    नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

 

 

8.    रोकिएन ट्रिपर आतंक स् कलेजबाट फर्कदै गरेकी युवतीलाई ठक्कर दिँदा मृत्यु  :  पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको पाखापानीमा ट्रिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।ट्राफ्रिक प्रहरी कार्यालय अनुसार बिहान ११ः३० बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी कि १८ वर्षीय पुष्पा भण्डारी घटनास्थलमै मृत्यु भएको हो । 

9.    …जब राजाले अङ्गरक्षकसँग बिहे गरे  :  'राजालाई हेर्ने काम सिर्फ रानीको हो, प्रजाले आँखा नलगाएको राम्रो ।' हिजोआज सामाजिक सञ्जालमा आफ्ना फोटो पोस्ट्याउँदै यूवाहरुले दोहोर्याईरहने स्टाटस हो यो । 

 

 

 

10.     अध्ययनबिना होमस्टेलाई ३० करोड  गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पु(याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन।

 

11.    सांसद विकास कोषको रकम १० करोड पुर्‍याउने खेल  :  सांसद विकास कोषको रकम ४ करोडबाट बढाएर १० करोड पु¥याउन सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । नीति नियम बनाउने प्रमुख दायित्व भएका सांसदहरूद्वारा नै आफ्नै तजबिजमा खर्च गर्ने हालको ४ करोड रुपैयाँ बजेटसमेत अत्यधिक दुरुपयोग भएको भन्दै व्यापक आलोचना भइरहेका बेला अहिले सो रकम बढाएर १० करोड पु¥याउन हस्ताक्षर सुरु भएको हो ।

 

12.     रुपन्देहीको गैडहवामा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० घण्टा विद्युत सेवा अवरुद्ध  :  रुपन्देहीको गैडहवामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् भने करिब १० घण्टा विद्युत सेवा अवरुद्ध भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका ४ सूर्यपुरा ठाकुरापुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको हो । 

 

13.     सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, १३ घाइते :  सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२४० नम्बरको बस धादिङमा दुर्घटना हुँदा १३ जना घाइते भएकाा छन् । बिहीवार बिहान ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धुनिबेसी ८ खहरेखोलामा बस दुर्घटना भएको हो । 

 

14.    बालुवाटारको जग्गा घोटाला प्रकरण स् आयो नयाँ ‘ट्वीस्ट’, राणा परिवारको यस्तो खुलासा  :  बालुवाटारस्थित ‘ललिता निवास’को जग्गा प्रकरणमा नयाँ ‘ट्वीस्ट’ आएको छ । सुवर्ण शम्शेरका परिवारले बालुवाटार जग्गा प्रकरणमा मुख खोलेका छन् ।  

 

15.    आमालाई उपहार दिन अनलाइन सपिङ रु अपनाउनुहोस् यी सावधानी  :  आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी नजिकिएको छ । यस दिनमा आआफ्नो गच्छेअनुसार आमालाई उपहार र मिष्ठान्न परिकार दिएर आमाप्रति सम्मान र  माया प्रकट गर्ने चलन छ । यसैलाई ‘क्याच’ गर्दै नेपाली  अनलाइन सपिङ सञ्चालकहरुले पनि विभिन्न डिस्काउन्ट अफरको ट्याग राखेर सामानहरु पेजमा राखिरहेका छन् । 

 

16.    बाबुराम र उप्रेन्द्रको पार्टीबीच एकता फाइनल, २३ गते घोषणा   : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते एकता हुने भएको छ । एकीकरणलाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीवार दुई पार्टीका अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको छ ।

 

17.    प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने :  प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएका हुन् ।

 

18.    श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास  :  श्रीलङ्काको रोमन क्याथोलिक चर्चले  आगामी आइतवारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्द गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्द गरेको प्राप्त समाचारमा जनाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?