काठमाडौं । बर्दियामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् ।
मंगलवार साँझ गुलरिया नगरपालिका ६ बालापुर बस्ने १५ वर्षाीया किशोलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय राम चरण चौधरी र १९ वर्षीय अरुण चौधरी पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यसैगरी रुपन्देही, देवदह नगरपालिका ५ नयाँबस्ती बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २७ वर्षीय सुनिल परियारलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो ।
प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया