रोकिएन ट्रिपर आतंक : कलेजबाट फर्कदै गरेकी युवतीलाई ठक्कर दिँदा मृत्यु

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको पाखापानीमा ट्रिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । 

ट्राफ्रिक प्रहरी कार्यालय अनुसार बिहान ११ः३० बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी कि १८ वर्षीय पुष्पा भण्डारी घटनास्थलमै मृत्यु भएको हो । 

पुष्पा कलेजबाट घर फर्केदै थिईन् ।

एकै दिशाबाट जादै गरेका ट्रिपरले र स्कुटीलाई  ठक्कर दिएको हो । 

प्रहरीले दुईबटा ट्रिपरलाई नियँन्त्रमा लिएको छ । कुनले ठक्कर दिएको भन्ने खुलेको छैन् ।अनुसन्धान भइरको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?