काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लु भेटिएको छ भने बर्डफ्लुबाट एक युवकको मृत्यु समेत भएको छ ।
बर्डफ्लुबाट मृत्यु हुनेमा काभ्रेका २१ वर्षीय युवक रहेका छन् । उनलको परिचय गोप्य राखिएको स्वास्थ्य मन्त्रालयले विहीवार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, उनलको उपचारकै क्रममा १५ चैतमा मृत्यु भयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्यालको नमूना पठाइएको थियो ।
वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया