''राजालाई हेर्ने काम सिर्फ रानीको हो, प्रजाले आँखा नलगाएको राम्रो ।''
हिजोआज सामाजिक सञ्जालमा आफ्ना फोटो पोस्ट्याउँदै यूवाहरुले दोहोर्याईरहने स्टाटस हो यो ।
यसको सांकेतिक सन्देश के पनि हो भने अक्सर राजा परिवार आफ्नै खान्दानीसँग विवाह गर्छन् । तर यो भनाईलाई माथ खुवाएको छ पछिल्लो एक समाचारले ।
थाईल्याण्डका राजाले राजखान्दानीभन्दा बाहिर आँखा लगाएका छन् ।
तीन पटक विवाह र सम्बन्धविच्छेद भएका तथा सात छोराछोरीका बुबा थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग विवाह गरेका छन् ।
थाई टेलिभिजन च्यानलहरूले जनाए अनुसार छैसट्ठी वर्षीय राजा महा वजिरालङ्कर्न सन् २०१६ मा उनका पिताको निधनपश्चात् थाईल्यान्डका राजा बनेका थिए ।
थाईल्यान्डमा जारी गरिएको शाही विज्ञप्तिमा राजा बजिरालङ्कर्नद्वारा जनरल सुथिदा बजिरालङ्कर्नलाई महारानी सुथिदामा पदोन्नति गर्ने निर्णय गरिएको जनाइएको छ। रानी सुथिदा लामो समयदेखि राजा बजिरालङ्कर्नको साथ छिन् र कैयौँ वर्षदेखि उनलाई राजासँगै सार्वजनिक स्थलमा देखिएको थियो।
सन् २०१४ मा बजिरालङ्कर्नले थाई एअरवेजकी भूतपूर्व परिचारिका सुथिदालाई आफ्नो अङ्गरक्षक दलको उपकमान्डर नियुक्त गरेका थिए।
सन् २०१६ को डिसेम्बरमा उनलाई जनरलमा बढुवा गरियो। यसअघि बजिरालङ्कर्नका बुवा राजा पूमिपोन अदुन्यादेतले ७० वर्षसम्म शासन गरेका थिए। सन् २०१६ मा निधन हुँदा उनी विश्वमै सबभन्दा लामो समय शासन गर्ने राजा थिए। एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया