सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, १३ घाइते

काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२४० नम्बरको बस धादिङमा दुर्घटना हुँदा १३ जना घाइते भएकाा छन् । 

बिहीवार बिहान ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धुनिबेसी ८ खहरेखोलामा बस दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश विष्टका अनुसार दुर्घटनामा परि घाइते हुने ११ जना पुरुष र २ जना महिला छन् । 

घाइते सबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?