हेटौँडाबाट लागूऔषधसहित मालिक पक्राउ

हेटौंडा । प्रहरीले हेटौँडाको नारायणगढ सडकखण्डस्थित लेवटबाटबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले उनको साथबाट ३० हजार रुपैयाँ नगद समेत बरामाद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले बुधवार दिउँसो ७१ किलो गाँजासहित मालिक रौतहटको चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको हो ।

मकवानपुरका एसपी मुकेशकुमार सिंहका यादवले एक लाखमा खरिद गरेर लैजाँदै थिए । 

यादवले ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएका थिए । 

पक्राउ परेका दुवैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० वर्षसम्म कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुई हुनसक्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?