धनुषामा रक्सी तस्करीले लुट्यो प्रहरीको हतियार

जनकपुरधाम । धनुषामा रक्सी तस्करीले प्रहरीको हतियार लुटेको छ । 

बुधवार बिहान २ बजे धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गस्तीमा रहेका प्रहरीको हतियार लुटिएको हो ।

गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप हुँदा रक्सी तस्करीले प्रहरीको एक थान पेस्तोल लुटेको हो । 

गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेर लगेको प्रहरी जनाएको छ । 

उनीहरुले त्यसको म्यागेजिनसमेत लुटेको असई साहले बताए । 

घटनास्थलमा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी थालिएको प्रहरी जनाएको छ ।

घटनास्थलमा अर्का डिएसपी ज्ञान मेहताको नेतृत्वमा टोली खटिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?