चीनमा बिरामी परिन् राष्ट्रपति भण्डारी

काठमाडौं– चीनको भ्रमणको क्रममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी परेकी छिन् ।
भण्डारी मंगलबार चीनको राजधानी बेइजिङबाट ल्हासा पुगेकी थिइन् । तर त्यहाँ पुगेकी उनको स्वास्थ्यमा एकाएक समस्या देखिएको बताइएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रपतिलाई हाई अल्टिच्युडको समस्या भएको जस्तो देखिएको बताए ।

 अस्वस्थ्यताकै कारण भण्डारी चीन भ्रमण छोट्याएर आजै स्वदेश फर्कन लागेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?