ठमेल पर्यटन विकास परिषद्को नेतृत्व लिन अगाडि बढे प्रकाशनरसिंह राणा

काठमाडौँ, वैशाख १७ गते । ठमेलक्षेत्रको पर्यटन विकासका लागि चर्चित पर्यटनव्यवासयी प्रकाशनरसिंह राणालाई अगाडि सारिएको छ । आसन्न ठमेल पर्यटन विकास परिषदको साधारणसभाबाट परिषद्को अध्यक्ष बनाउने गरी राणालाई अगाडि सारिएको हो । 

ठमेलक्षेत्रको पर्यटन विकासमा पाको, परिपक्व र मिहनेती पर्यटनव्यवसायीका रुपमा परिचित राणाले आसन्न परिषद्को नेतृत्व सम्हाल्ने जिम्मेवारी आफ्नो काँधमा आइपरेकाले ठमेलक्षेत्रको पर्यटन विकासमा दत्तचित्त भएर लाग्ने प्रतिवद्दता जनाएका छन् । 

ठमेलक्षेत्रका पर्यटनव्यवसायी तथा घरधनीवीच सौहार्द सम्वन्ध, ठमेलको विकासमा सहकार्य, सरसफाई, फोहर व्यवस्थापन, ढल सुधार, आकर्षक तथा कलात्मक होर्डिङबोर्ड, नाङ्गगीएका झाङ्गगीएका तारजाली व्यवस्थापन र फुटपाथ हकरलाई व्यवस्थित बनाउने योजना समेत राणाले सार्वजनिक गरेका छन् । 

त्यस्तैं, पर्यटकीय नगरी ठमेललाई समेट्ने काठमाडौं महानगरपालिकाको वडा नम्वर–२६, वडा नम्वर–१६ लगायत स्थानीय जनप्रतिनिधिहरुको सुझाव सल्लाह, सहयोगमा सडक, सरसफाई, ढल निकास, सडक विजुली, सिसि क्यामेरा जडानका कामहरु तिब्र पारिने जानकारी राणाले दिएका छन् । 

शान्तिसुरक्षाको दृष्टिकोणले अतिसम्वेदनशील ठमेलको सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्ग र सोह्रखुट्टे वृत्तसंग समन्वय र सहकार्य गरी चोरी डकैति, पकेटमारी, लागूऔंषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत विभिन्न समस्यामा समाधान गरिने जनाएका छन् । 

पर्यटनव्यवसायी राणाले परिषद्का करीव आठसय सदस्यहरुले उठाउँदै आएका जल्दाबल्दा समस्या तथा वर्तमान परिषद्को कार्यसमितिले विगतदेखि अगाडि बढाउँदै आएको पर्यटन व्यवसायको श्रीवृद्धिका लागि विकास निर्माणका योजनालाई निरन्तरता दिने र शान्तिसुरक्षालाई थप सशक्तरुपमा अगाडि बढाउँदै लैजाने प्रतिवद्धता समेत परिषद्का सम्भावित अध्यक्ष राणाले व्यक्त गरेका छन् । 

राणालाई सम्भवत सर्वसहमतिकै आधारमा परिषद्को अध्यक्ष चयनको तयारी हँुदैछ । यदि त्यसो हुन सकेन भनेपनि बहुमतीय प्रक्रियाबाट अध्यक्ष बनाउने अभ्यास पनि जारी रहेको ठमेलका पर्यटन व्यवासयीहरु बताउँछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?