WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७६ साल वैशाख १६ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
—पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु
पाल्पाका जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालमा लु १ ज १९४१ नम्बर जन्ती बोकेको जीप दुर्घटना भएको हो ।
—बजेट अधिवेशनको मुखैमा कांग्रेसको विज्ञप्ति स् सरकारले अभूतपूर्व समय खेर फाल्यो (पूर्णपाठसहित)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अभूतपूर्व ऐतिहासिक अवसरका बावजुद सरकारले यो समय खेर फालेको टिप्पणी गरेको छ । संसदको अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न कांग्रेसले जारी गरेको विज्ञप्तिमा निर्मला पन्तको बलत्कार प्रकरण, झूठ प्रचार गर्न लालायीत भएको भन्दैसरकारको नियत प्रति आशंका व्यक्त गरेको छ ।
1. संघीय संसदको बजेट अधिवेशन आजबाट : संघीय संसदको बजेट अधिवेशन आज सामवारबाट शुरु हुँदैछ । बजेट अधिवेशन अपराह्न ४ बजेका बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजे ९वर्षे० अधिवेशन आजबाट शुरु हुन लागेको हो ।
2. साम्बा र अनिता भारत प्रस्थान : नेपाली राष्ट्रिय महिला टिमका महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत भारत प्रस्थान गरेका छन् । अर्को साताबाट भारतमा शुरु हुने हिरो महिला लिगका खेल्नका लागि दुवै खेलाडी सोमवार प्रस्थान गरेका हुन् ।
3. माग पूरा भएपछि पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत : पुनर्निर्मणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
4. राष्ट्रपति भण्डारी ‘बागवनी प्रदर्शनी २०१९’ को उद्घाटन समारोहमा सहभागी : राष्ट्रपति विद्यादेवी भण्डारी ‘बागवनी प्रदर्शनी २०१९’ को उद्घाटन समारोहमा सहभागी भएकी छन् ।
आइतवार राष्ट्रपति भण्डारी, चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आएका विभिन्न ४० मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँगै अन्तर्राष्ट्रिय ‘बागवानी प्रदर्शनी २०१९’ को उद्घाटन समारोहमा सहभागी भएका थिए ।
5. सेवा दिन शुरु गरिसकेका भवनको उद्घाटनमा गृहमन्त्री, रिवन काट्ने नाममा कार्यकर्तालाई प्रशिक्षण ! : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतवार राज्यकोष खर्चंदै हेलिकप्टर चढेर भोजपुर पुगे । जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन गर्न गृहमन्त्री थापा भोजपुर पुगेका थिए ।
6. २५ हजार घुससहित वडाध्यक्ष पक्राउ : सप्तरीको सुरूङ्गा नगरपालिका वडा नं ५ का वडाअध्यक्ष सिल्टु मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटाइएको टोलीले घुससहित पक्राउ गरेको छ ।जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा टोलीले मियाँलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।
7. बालुवाटार जग्गा घोटाला स् अधिकांश जग्गा बैंकको धितोमा : बालुवाटारको सरकारी जग्गा बैंकको धितोमा राखिएको खुलसा भएको छ । बालुवाटरको ललिता निवास व्यक्तिको नाममा रहेको बालुवाटारको अधिकांश जग्गा बैंकको धितोमा रहेको खुलासा भएको हो ।
8. नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा पाइलट विजय लामा निलम्बित : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामालाई निलम्बन गरेको छ । नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले क्याप्टेन लामासँग स्पष्टिकरण मागेको थियो ।
9. ४० कटेसी पूरा भएको एउटा सपना, वकालत छोडेर किचनको यात्रा : जब निशा कटोनाले रेस्टुरेन्ट खोल्नलाई आफ्नो २० वर्ष लामो सफल वकिलको पेशा छोडिन् तब उनका परिवार, आफ्ना आफन्त र साथीभाइले उनको निर्णयमाथि प्रश्न मात्रै उठाएनन् उनको मनस्थिति ठिक भए नभएकोमा समेत शंका गरे । निशालाई थाहा थियो कि उनको यो कदम जोखिमपूर्ण छ किनकी उनले राम्रो आम्दानी भइरहेको पेशा त्यागेकी थिइन् ।
10. श्रीमानद्वारा जिउमा मट्टीतेल खन्याएर आगो लगाइएकी धनुषाकी निर्मला गोइल यादवको मृत्यु : श्रीमानद्वारा जलाइएकी धनुषाकी निर्मला गोइल यादवको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको छ । उनको सोमवार दिउँसो ३ बजे निधन भएको हो । धनुषाको शहीदनगर नगरपालिका १, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मलालाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।
11. नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड : नेपाल बैंक लिमिटेडले दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज ‘सोमवार’ चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।
12. प्रदेश ५ का मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमस्थलमा बम विस्फोट : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङ कार्यक्रममा सहभागी थिए ।
13. विदेश दौडेको दौड्यै नेता माधवकुमार नेपाल, चीनबाट फर्के लगत्तै अमेरिका : विदेश भ्रमण गर्नेमध्ये अग्रपङ्तिमा रहेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला विदेश दौडाहमा व्यस्त छन् । चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका हुन् ।
14. क्यामराको लेन्समा मानवनिर्मित ‘इन्द्रसरोबर’ ताल : घुम्ने रहर कसलाई हुँदैन् पक्कै पनि सबैलाई हुन्छ । आन्तरिक होस् वा बाह्य पर्यटक, सबैलाई मोहित बनाएको छ मानवनिर्मित ‘इन्द्रसरोबल’ ताल अर्थात कुलेखानी ड्याम । दक्षिणकालीको बाटो हुँदै, सिस्नेरी, पालुङ हुँदै कुलेखानी ड्यामसम्म सहजै पुग्न सकिन्छ ।
15. इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा सङ्कुचन : इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ ।कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ ।
16. रंगशाला बनाउन धुर्मुस सुन्तली साँझ दुबईबाट रंगशालालाई २२ लाख सहयोग : धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो ।
17. बारा–पर्सा हावाहुरी प्रभावितको घर निर्माण वैशाख २१ गतेदेखि : बारा र पर्सामा हावाहुरीबाट क्षति भएको घर निर्माण वैशाख २१ गतेबाट शुरु हुने भएको छ । गत चैत १७ गते बारा र पर्सामा हावाहुरीसँगै आएको असिना पानीले १८ सय ९५ घरधुरीमा क्षति पुगेको थियो भने ९ सय ४० घरधुरी पूर्णरुपमा ध्यस्त भएको थियो ।
18. इन्डोनेसिया निर्वाचन – मतगणनाको क्रममा २ सय ७२ जनाको मृत्यु : इन्डोनेसियामा गत साता सम्पन्न भएको आमनिर्वाचनको मत गणनाको क्रममा २ सय ७२ जनाको मृत्यु भएको छ । मत गणनाको क्रममा २ सय ७२ जना ओभर टाइमको बिरामीले मृत्यु भएको निर्वाचन आयोगका प्रवक्त आरिफ प्रियो सुसान्तोले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया