बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिवार साँझ प्रहीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका १० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका ७ का १९ वर्षीय विशाल तामाङ रहेका छन् । 

भक्तपुर नगरपालिका १ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका ९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रवार राति उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?