२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । सप्तरीको सुरूङ्गा नगरपालिका वडा नं ५ का वडाअध्यक्ष सिल्टु मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटाइएको टोलीले घुससहित पक्राउ गरेको छ ।

जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा टोलीले मियाँलाई २५ हजार घुससहित पक्राउ गरेको हो । 

२५ हजार घुसवापतको रकम लिइसकेको अवस्थामा मियाँलाई सोही वार्डमा भएको उनकै काठ मिलबाट नियन्त्रणमा लिएको टोलीका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

आज(सोमवार) प्रेस विज्ञप्ति जारी गर्दै टोलीले घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?