नेकपाका ३ सचिवद्वारा शपथ अस्वीकार

धनगढी – पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले शपथ अस्वीकार गरेका छन् । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतबार भएको शपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुला सचिव रामदत्त जोशी उपस्थित नै भएनन् ।
उनीहरूले आफूहरूको मर्यादाविपरीत पद दिएको भन्दै शपथ नलिएका हुन् । तारादत्तले भने, ‘१० वर्षदेखि तत्कालीन एमालेको जिल्ला कमिटीको नेतृत्व गरिरहेको छु, अहिले उपल्लो तहमा पुग्ने बेला फेरि तल झारेपछि स्वीकार्य भएन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?