ओली सरकार काण्डैकाण्डको सरकार  : नविन्द्रराज जोशी

काठमाडौ –  नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले वर्तमान केपी ओली नेतृत्वको सरकार काण्ड मच्चाउनमा व्यस्त रहेको जिकिर गरेका छन् ।

वर्तमान सरकार होली वाईन काण्ड  ,सुन काण्ड , निर्मला हत्या काण्ड, फोरजी काण्डलगायत काण्डैकाण्ड मच्चाउन व्यस्त रहेको उनको आरोप छ ।  राजधानीको पब्लिक युथ क्याम्पसमा नेविसंघले आयोजना गरेको कार्यक्रममा जोशीले उक्त कुुरा बताएका हुन् ।

जोशीले कार्यक्रममा लोकतान्त्रिक मार्गबाट आएको सरकार अधिनायकवाद शैलीमा परिणत हुुँदै जनताको सार्वजनिक सम्पत्ति कब्जा गर्नमा व्यस्त रहेको जिकिर गरे ।

उनले ईतिहासको परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेविसंघ वर्तमान समयमा धमिलिदै गएको र यसबाट सच्चिन नेविसंघको राजनीति गर्ने विद्यार्थीलाई अनुरोध गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?