वैशाख १५ गते दिनभर देशमा के भयो ? १८ टेन्ड्रिङ समाचार एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६  साल वैशाख १५ गते देश दुनियाँमा के–के घटना भए ?  जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । 
यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।   

 

1. नेपालमै मोबाइल निर्माण गर्न अध्ययन :  नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ। सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ।

2. खर्चअनुसार काम नभएपछि विभागीय कारबाही  :  नेपाली सेनाले पूर्वनिर्धारित बजेट सीमाअनुसार ब्यारेक निर्माण सम्पन्न नगरेको पाइएको छ। तत्कालीन माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वकालमा सुरक्षित बासस्थानका रूपमा प्रयोग भएका बंकर विस्थापन गर्न र पक्की ब्यारेक बनाउन सरकारले आर्थिक वर्ष २०६८र६९ बाटै बजेट विनियोजन गर्दै आएको छ।

3. भारतीयलाई नागरिकता बनाइदिने समूह सक्रिय  :   रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धको छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिन परिपत्र गरेयता गैरनेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई प्रभावमा पारी कागजात मिलाएर नेपाली नागरिकता लिने क्रम बढेको पाइएको खबर आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

4. झडापखालाबाट गुल्मीको सिंगो बस्ती प्रभावित  एकको मृत्यु, १ सय ७० बिरामी  :   गुल्मीमा झाडापखलाबाट एक जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटमा झाडापखलाबाट १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो । 

5. प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्पनिको चिठ्ठी, काठमाडौंमा ‘स्काई’ रेल चलाउने इच्छा  :   चिनियाँ कम्पनि बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधनमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेको छ । पत्रमा बेइजिङ चाइना एयर रेल ग्रुपले काठमाडौंमा ‘स्काई’ रेल चलाउने इच्छा व्यक्त गरेको छ । गत चैत १५ गते काठमाडौंको होटल सोल्टीमा दुई दिन चलेको लगानी सम्मेल सकिएको भोलिपल्टै चैत १७ गते चिनियाँ कम्पनि बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री ओलीलाई पत्र लेखेको थियो । 

6. सरकारविरुद्ध कड्किए देउवा, ‘अदालत परिसरभित्र बाट पत्रकार पक्राउ गर्न मिल्छ   ?  :   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारमाथि भइरहेको ज्याजतिबारे बोल्दै सरकारको चर्को आलोचना गरेका छन् । आइतवार नेपाल पत्रकार महासंघको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भइरहेको बताउँदै सरकारको चर्को आलोचना गरेका हुन् । 

7. ब्रिटिश सेनामा ४ सय ३२ जनाको लागि भर्ना खुल्यो  :   बेलायती गोर्खा सैनिकमा ४ सय ३२ जना नेपाली युवाको लागि भर्ना खुला गरिएको छ । आइतवार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुल्ला गरिएको छ ।

 

8. तीनै तहका तथ्यांक अबदेखि अनलाइनमा उपलब्ध  :  तथ्यांक विभागले नेशनलडाटा डट जिओभी डट एनपिको शुरुवात गरेको छ । विभागले राष्ट्रिय तथ्यगत विवरण तथा तथ्यांक उपलब्ध गराउन अनलाइन पोर्टल शुरु गरेको हो।विभागका अनुसार स्थानीय, प्रदेश र केन्द्र तीनै तहका तथ्यांकहरु उक्त पोर्टलमा दिइनेछ । 

 

9. बनेपा आन्तरिक विमानस्थल निर्माण :  चिनियाँ लगानीकर्तासँग छलफल हुँदै  :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा  सरकार पछि नहटेको जानकारी दिए । 

 

10. चरणवद्ध वार्ताको निष्कर्ष कुर्दै राप्रपा, तत्काल आन्लोलनका कार्यक्रम सार्वजनिक नगर्ने  :   राष्ट्रिय जनाता पार्टी ९राप्रपा०ले तत्काल आन्दोलनका थप कार्यक्रम सार्वजनिक नगर्ने भएको छ । 
सनातन हिन्दू राष्ट्र पुनः स्थापनाको माग गर्दै आएको राप्रपाले सरकारसँग पहिलो चरणको वार्ता गरेसँगै थप आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्ने भएको हो । 

11. जनकपुरमा हावाहुरीले मच्चायो वितण्डा  :   जनकपुरधाममा आइतवार बिहान वर्षासँगै आएको हावाहुरीले वितण्डा मच्चाएको छ । जनकपुरसहित विभिन्न जिल्लामा आएको हावाहुरीले बिजुलीको पोल ढाल्नुको साथै टहराहरु समेत भत्काएको छ भने ग्रामिण भेगामा बालिनालीसमेतमा क्षति पुर्याएको छ । 

 

12. नेपालमा डेढ अर्ब लगानीमा ३ ‘वाटर पार्क’ निर्माण, भारतीय पर्यटक मुख्य ‘टार्गेट’  :  पश्चिम नेपालको व्यापारिक केन्द्रका रुपमा परिचित नेपालगञ्जमा तीनवटा ‘वाटर पार्क’ निर्माण भइरहेको छ । विभिन्न व्यवसायिक समूहको लगानीमा निर्माण भइरहेको उक्त ‘वाटर पार्क’ यही वर्षा ऋतु अघि एकसाथ सञ्चालनमा ल्याइने छ ।

13. श्रीलंका पुलिसको लापरवाही स् निर्दोष युवतीलाई ‘वान्टेड’ भनेपछि माग्यो माफी  :  अमेरिकामा बस्ने अमारा मजदि एक मुस्लिम एक्टिभिस्ट हुन् । संसारभरका मुस्लिमलाई हेरिने दृष्टिकोणलाई बदल्ने उद्देश्यले उनले ‘दि फरेनर्स’ नामक एक पुस्तक पनि लेखेकी छिन् । हालै उनको जीवनमा एउटा यस्तो घटना भयो जसकारण उनी निकै तनावमा छिन् ।

14. राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट  :  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज ९आइतवार० चिनियाँ व्यापारिक शेयर बजार ९चाइना कमरसियल स्टक इन्टरप्राइजेज० को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन् ।

15. अमेरिकाको यहुदी आरधानास्थलमा अन्धाधुन्ध गोली चल्यो, एकको मृत्यु, तीन घाइते  :  अमेरिकाको एक यहुदी आरधनास्थललाई बन्दुकधारीले आक्रमण गर्दा १ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी अरधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।

16. अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत  :  नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।

 

17. जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने  :  ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो । 

 

18. मेलम्चीको ठेक्का बीचमै छाडेको इटालियन कम्पनी कर नतिरी भागेको खुलासा  :  मेलम्ची आयोजना ठेक्का बीचैमा छाडेको इटालियन कम्पनी सीएमसी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी ९सीएमसी०ले कर नतिरी भागेको खुलेको छ । सीएमसी कम्पनिले ठूलो करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरी भागेको खुलेको हो । 

सरकारका एकपछि अर्को कर्तुत सार्वजनिक, बालुवाटारको जग्गाबारे फेरी यस्तो खुलासा  :  देशमा पछिल्लो समय कति बेथिति बढेको छ भन्ने कुरा केहीदिन यता सार्वजनिक भएका  समााचारहरुले प्रष्ट भएको छ । पछिल्लो समय आमसञ्चार जगतमा बालुवाटारको जग्गा व्यक्तिको नाममा भएको समाचार प्रकाशन र प्रसारण भयो । तर, अहिले बालुवाटारमा प्रधानमन्त्रीनिवास छेउछाउ बस्नेहरु चाँही बाटो र सरकारी आवास विस्तार हुँदा महंगो सरकारी जग्गाबाटै क्षतिपूर्ति र मुआब्जा पाएको खुलासा भएको छ । 

– गृहमन्त्रीलाई संविधानको अनुसूचि ६ को १ मा के छ सोध्दै यसो भने मन्त्री यादवले !  :  प्रदेश २ सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रदेश सरकारलाई आफ्नै प्रशासनिक अधिकार राख्ने अधिकार नभएको भन्ने गृहमन्त्री थापाको अभिव्यक्तिप्रति प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले आपत्ति जनाएका हुन् ।

सडकमा मागेर हिँडेको देखे तुरुन्त फोन गर्नुस्  : प्रधानमन्त्री  –  प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि  जिम्मा लिने भएकाले आगामी पन्ध्रौँ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?