ढल्यो एउटा सांगीतिक धरोहर, रहेनन वीजु बज्रचार्य

काठमाडौं । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर विजु बज्रजार्यको आईतवार ४८ वर्षको उमेरमा हृलदयघातबाट  निधन भएको छ ।

काठमाडौं बबरमहलस्थित रातोभाले पछाडी दिउँसो करिव १२ बजेको समयमा आफ्नो निवासबाट कतै जाने क्रममा मोटरसाईकल स्टाट गर्दा त्यही ढलेको र अचेत अवस्थामा  सिभिल अस्पतालमा लैजादा उनलाई डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिए । उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगितकार थिए ।

रेडियो नेपालबाट स्वर परिक्षामा उतिर्ण उनि वामीटक्सार स्थित जुठप्रसाद वैद्यचार्यका छोरा हुन । उनका श्रीमति र ३ सन्तान छन । उनि मुटु रोगबाट पिडित थिए । उपचार पश्चात निको भएको सापकोटा बताउँछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?