काठमाडौं । धनकुटामा छोरीले कोदालो प्रहार गरी बाबुको हत्या गरेका छन् ।
सहदिभूमि गाउँपालिका ४ पिप्लेका स्थानीय १४ वर्षीय विज्ञान राईले ५५ वर्षीय बाबु इन्द्रबहादुर राईको कोदालो प्रहरी गरि हत्या गरेका हुन् ।
घरायसी विवादका कारण शनिवार राति विज्ञानले बाबुलाई कोदालोको पासोले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाइको छ ।
घटना भएको लगत्तै छिमेकीको उजुरीका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले राति नै विज्ञानलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिए ।
पोष्टमार्टमका लागि मृतकको शव जिल्ला अस्पताल धनकुटामा ल्याइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया