जनकपुरमा हावाहुरीले मच्चायो वितण्डा

जनकपुरधाम । जनकपुरधाममा आइतवार बिहान वर्षासँगै आएको हावाहुरीले वितण्डा मच्चाएको छ । 

जनकपुरसहित विभिन्न जिल्लामा आएको हावाहुरीले बिजुलीको पोल ढाल्नुको साथै टहराहरु समेत भत्काएको छ भने ग्रामिण भेगामा बालिनालीसमेतमा क्षति पुर्याएको छ । 

हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको विद्युत प्राधिकरण कार्यालय धनुषाले जनाएको छ । 

विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मरसमेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताए ।

त्यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५, धनुषाको पूर्वी क्षेत्र युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ बिजुलीको पोल हावाहुरीले ढालेको प्रमुख राजकुमार रमणले जानकारी दिए । 

साथै यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्यत प्रशारण लाइनमाथि तीनवटा रुख समेत ढलेको प्रमुख रमणले बताए । 

तर, हावाहुरीले मानवीय क्षति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?