धर्म नामधारी आन्दोलन नौटङ्की मात्रैः मन्त्री बास्कोटा

  काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको बाटोमा लम्किरहेका बेला धर्मका नाममा आन्दोलनको हौवा फिँजाइएको बताएका छन् ।

    जिल्ला समन्वय समितिको जिल्लास्तरीय समीक्षा तथा तेस्रो जिल्लासभा बैठकको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “धर्म नामधारी आन्दोलन नौटङ्की मात्रै हो, इतिहासले किनारा लगाइसकेको तत्व सल्बलाए भने कानूनले ठीक पार्छ ।”  उनले े धर्मको संवेदनशीलतामा टेकेर प्रगतिको बाटो अवरुद्ध पार्ने काम भएको दाबी गरे ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले परिवर्तन नचाहने शक्तिले मुलुकलाई पुनःअस्थिरतातर्फ लैजाने प्रयास गरेको बताउँदै बताए ।  सरकार वार्ता र संवाद गर्न तयार रहेको तर राज्यको नीति नियम मिचेर हिँड्नेलाई कारवाही गरिने उनको भनाइ थियो ।  मुलुकमा आतङ्क फैलाउनेसँग कुनै पनि वार्ता नहुने उनले बताए  ।  

    झण्डै ८५ प्रतिशत नागरिक हिन्दू भएको देशमा धर्मका नाममा जनमत सङ्ग्रहको रटान दिनु गलत भएको उनले बताए ।  उनले भने, “धर्म र राजनीति फरक पाटा हुन्, राजतन्त्र फर्काउन धर्मको अस्त्र बेठीक छ, नेपालमा धर्मका नाममा कोही पनि सल्बलाउनु आवश्यक छैन ।” उहाँले धर्मका नाममा नौटङ्की नगर्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?