वैशाख ८ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६ साल वैशाख ८ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न, प्रेस फोरममा निराला चयन : सङ्घीय समावादी फोरम नेपालका भातृ सङ्गठन सङ्घीय प्रेस फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । महोत्तरीको रामगोपालपुरमा शनिवार सम्पन्न भएको जिल्ला अधिवेशनले सङ्घको अध्यक्षमा अनिलकुमार निरालालाई चयन गरेको छ  । 

 

2. सरकारी जग्गा व्यक्तिको नाममा पास गराउन किन सक्रिय छन् भू–माफिया :  सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने धन्दामा भू–माफिया सक्रिय किन रु यसबाट कसलाई फाइदा हुन्छ ? अहिले यी नै विषय मुख्य मुद्दा बनेको छ मुलुकमा । 

 

3. आठौँ राष्ट्रिय खेलकुद  प्याराग्लाइडिङको खेल शुरु : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन एक्यूरेसी र क्रसकन्ट्रीतर्फका पहिलो राउण्डका खेलहरु सकिएको छ । पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ । टिम एक्यूरेसीतर्फ नेपाली सेना १ सय ७ अंकका साथ प्रथम स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेश १ सय ८५ अंकका साथ दोश्रो र ३ सय ३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा छ । 

 

4. सरकारविरुद्ध सशक्त प्रतिकार गर्ने विप्लवको चेतावनी :  प्रतिबन्धीत नेत विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले सरकारविरुद्ध प्रतिकार गर्ने चेतावनी दिएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले सरकारले पक्राउ गरेको आफ्ना नेता तथा कार्यकर्तालाई तुरुन्त रिहा गर्न समेत माग गरेको छ । 

 

5. मन्त्री महासेठले भने, ‘जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध’ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताएका छन् । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शिलान्यास गर्दै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गरेका थिए । 

6. भोलि एकताको घोषणा हुने प्रचण्डको दाबी :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् । 

 

7. नेकपाले जिल्ला अध्यक्ष, सचिव र पोलिटब्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने : नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला अध्यक्ष, सचिव र पोलिटब्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने भएको छ । नेकपाले भोलि (सोमवार) कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटब्यूरो सदस्हरुको नाम सार्वजनिक गर्न लागेको हो । 

 

8. गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा हुने :  रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् ।

 

9. पौडीमा आर्मीलाई तीन स्वर्ण पदक :   आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पौडीमा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक जितेको छ । नेपालगञ्जमा आज ‘आइतवार’ सम्पन्न भएको खेलमा आर्मी क्लबले चार स्वर्ण पदक आफ्नो पोल्टामा पा-यो । यता सोही स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण पदक पदक जितेको छ । 

 

10.  धादिङमा बस दुर्घटना, दुईको मृत्यु २५ घाइते :   काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतवार धादिङमा दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका ३ स्थित सलाङकोटमा दुर्घटना भएको हो । दुर्घटनामा परी २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

11. कोलम्बोमा आतंककारी हमला स् मृत्यु हुनेको संख्या १ सय ३८ पुग्यो, ४ सय घाइते :  श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम विस्फोटमा परी हालसम्म १ सय ३८ जनाको मृत्यु हुनुका साथै ४ सय जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।

12. स्वीमिङ पुल नबन्दा प्रतियोगिता निजी पोखरीमा सञ्चालन गर्नुपर्ने बाध्यता :  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत  आज ‘आइतवार’ देखि हुने ‘स्वीमिङ’ खेल निजी पौडी पोखरीमा शुरु भएको छ । नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएपछि होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा शुरु भएको हो । 

 

13. राष्ट्रपति ट्रम्पको सन्देश उत्तर लैजान दक्षिण कोरिया प्रतिक्षारत :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनलाई पठाएको सन्देश हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार त्यस्तो सन्देश दुबै नेताबीच हुने सम्भावित अन्तर–कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ ।

 

14. एक रुपैयाँमा सिम :  एनसेलले माध्यमिक शिक्षा (एसईई) को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । एनसेलले एसईईका विद्यार्थीलाई एक रुपैयाँमै सिम उपलब्ध गराएको कम्पनीले जनाएको हो । 

 

15. प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता : मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा। चिरञ्जीवी नेपाल र प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेका थिए ।  

 

16. नेपाल एग्रो लघुवित्तको ‘आइपिओ’ आइतवारदेखि खुल्यो :  नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री आज ‘आइतवार’देखि शुरु भएको छ । सो संस्थाले एक करोड ६१ लाख ७७ हजार ८ सय बराबरको एक लाख ६१ हजार ७ सय ७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कूल जारी पूँजीको ३२ दशमलब ५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ ।

17. तस्वीरमा देखियो श्रीलंका बम विस्फोट स् एक सय ८७ जनाको मृत्यु :  श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ चर्च र ३ पर्यटकीय होटलमा आज ९आइतवार० भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी मर्नेको १ सय ८७ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । 

 

18. वायुसेवा निगमले दिल्ली उडान थप्यो :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण  निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ ‘मे १ देखि’ काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । 

 

महायज्ञबाट ५० लाख आर्थिक संकलन :  फर्पिङमा भएको श्रीमदभागव नवाह ज्ञान महायज्ञबाट ५० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । 
त्रिभुवन आदर्श आवाशिय मा.विको आयोजनामा भएको महायज्ञको पाँच दिनबाट ५० लाख रुपैयाँ आर्थिक संकलन भएको बताइएको छ । महायज्ञमा वालयोगेश्वर महाराजले कथावाचन गरेका थिए ।

 

राप्रपालाई वार्तामा आउन सरकारको निम्ता :  आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई सरकारले वार्तामा बोलाएको छ । 
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभवक्त ढकालले आइतवार राप्रपा अध्यक्ष कमल थापालाई एक पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका हुन् । 

 

७७ योजनामध्ये ३१ परियोजनामा २५ अर्बको लगानी प्रस्ताव : 
लगानी सम्मेलनमा प्रस्तुत गरिएको योजनाका लागि २५ अर्ब रुपैयाँ भन्दा बढीको प्रस्ताव परेको छ । गत चैत १५ र १६ गते काठमाडौंको होटल सोल्टीमा सम्पन्न भएको लगानी सम्मेलनमा प्रस्तुत गरिएको ७७ योजनामध्ये जम्मा २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?