धादिङमा बस दुर्घटना, दुईको मृत्यु २५ घाइते

काठमाडौं । काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतवार धादिङमा दुर्घटना भएको छ ।

बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका ३ स्थित सलाङकोटमा दुर्घटना भएको हो । दुर्घटनामा परी २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई काठमाडौं  पठाइएको प्रहरी इन्चार्ज नवराज ढुंगेलले बताए । घाइते हुनेहरुमा ११ महिला १४ जना पुरुष रहेका छन् । अहिलेसम्म ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । बस चालक दोलखाका बसन्त घर्ती प्रहरी नियन्त्रणमा लिएको छ । 

बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?