काठमाडौं । देशको पूर्वी तथा मध्य भू–भागलगायत पश्चिमका पहाडी भू–भागमा आगामी तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भू–भागका स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यस्तै पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । साथै पहाडी भू–भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
आइतवार देशको पूर्वी तथा मध्य भू–भागलगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भू–भागका स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । साथै पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हावाहुरीको सम्भावना पनि छ ।
सोमवार पनि देश भरको मौसममा बदलीसहित वर्षाको सम्भावना रहेको छ ।
देशको पूर्वी तथा मध्य भू–भागलगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि क्षेत्रमा आंशिक बदली रहनुको साथै देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया