सुनसरी । सुनसरीको धरानमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भनेअन्य ५ जना घाइते भएका छन् ।
शुक्रवार राति ११ बजे धरना उपमहानपालिका ८ पानीट्यांकीमा बा २० च ४०७६ नम्बरको कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा इटहरी ४ का अनील श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको सुनसरीमा कार्यरत नेपाल प्रहरीका डीएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।
लिम्बुको भने ठेगाना खुलेको छैन ।
मृतक तीनै जना कारमा सवार थिए ।
इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किएको डीएसपी फुयालले जानकारी दिए ।
घाइतेहरुको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया