रामनवमी र चैतेदशैँ पर्व आज देशभर मनाउँदै, शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

काठमाडौं । आज (शनिवार) हिन्दू धर्मालम्बीहरुले रामनवमी र चैतेदशैँ पर्व मनाउँदै छन् । 

विगतका दिनहरुमा चैतेदशैँ र रामनवमी पर्व छुट्टा–छुट्टै दिनमा पर्ने भएतापनि यस वर्ष भने एकै दिन परेको र अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।  

दशैं तथा रामनवमीको अवसरमा शनिवार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनहरुको भीड लागेको छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक दशैँ मनाउने गर्छन् ।

असोजमा मनाइने दशैँलाई बडादशैंको रुपमा मनाइन्छ । त्यस्तै चैत शुक्ल अष्टमीमा चैते दशैँको रुपमा मनाइन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?