काठमाडौँ। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा छवटा उजुरी दर्ता भएका छन् । समितिले उजुरी पेस गर्न तोकेको समयसीमा शुक्रबार सकिएको छ । समितिले वैशाख ३ गते उजुरी सार्वजनिक गर्नेछ ।
थपलियासँगै उजुरी आह्वान गरिएको राष्ट्रिय समावेशी आयोग सदस्य विष्णुमाया ओझाविरुद्ध भने कुनै पनि उजुरी परेको छैन । समितिले चैत २० गतेबाट लागू हुनेगरी उजुरी आह्वान गरेको थियो ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले तोकिएको समयसीमामा छवटा उजुरी दर्ता भएको जानकारी दिए । अर्यालले भने, ‘दश दिनको समय दिएर उजुरी आह्वान भएको थियो । तोकिएको अवधिमा छ वटा उजुरी परेका छन् । विषयवस्तु भने समिति बैठकबाटै सार्वजनिक हुनेछन् ।’
थपलियाविरुद्ध परेका छ उजुरीमध्ये चार उजुरी हालैको कर्मचारी समायोजन प्रक्रियामा विभेद गरेको विषयसँग सम्बन्धित छन् । ती उजुरीकर्ताले विभेद गर्ने व्यक्तिलाई संवैधानिक आयोगको नेतृत्व सुम्पन नहुने दाबी गरेका छन् ।
एक उजुरी भने एक प्रदेशसभा सदस्यका नामबाट दर्ता भएको छ । थपलिया अवकाश समेत नपाई गलत रूपमा राजनीतिक पहुँचका आधारमा आयोग प्रमुखमा सिफारिस गरिएको भन्दै अनुमोदन नगर्न माग गरिएको छ । गाेरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया