WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल चैत २८ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1.पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु: पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
2.कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो सम्मेलन पोखरामा शुरु हुँदै: नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आज ९बिहीवार०बाट पोखरामा शुरु भएको छ । पोखरा सभागृहमा तेस्रो राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
3.नेपाल एकीकरण र नेपाली सेनाको सम्बन्ध अन्योन्याश्रित – प्रधानमन्त्री ओली: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई आज खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
4.जनगणनामा शिक्षकलाई नखटाउन सांसदको सुझाव, ५ अर्ब खर्च हुने आँकलन: हरेक दश दश वर्षमा हुने जनगणना २०७८ सालमा हुँदैछ । यसअघि २०६८ सालमा जनगणना भएकोमा अब २०७८ सालको लागि गर्न लागिएको राष्ट्रिय जनगणनामा ५ अर्ब खर्च हुने आँकलन गरिएको छ । केन्द्रिय तथ्याङ्क विभागका अनुसार ५० हजार कर्मचारीहरु जनगणनामा खटाइनेछन् ।
5.प्रदेश निजामती र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्ड तयार: सरकारले समायोजनपछि कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर सङ्घमा आउने व्यवस्था गर्न थालेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्डमा समायोजनपछि पनि कर्मचारी प्रदेश र स्थानीय तहमा खुलाबाहेक अन्य तरिकाबाट सङ्घमा आउने व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी गराए ।
6.प्रधानमन्त्री निवास जग्गा किनबेचबारे सरकारका प्रवक्ता बास्कोटाको स्पष्टिकरण: सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटास्थित जग्गा किनबेच नभएको बताएको छ । बिहीवार आयोजित पत्रकारसम्मेलमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको निवास रहेको बालुवाटास्थित जग्गा किनबेच नभएकोबारे स्पष्टिकरण दिएका हुन् ।
7.पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज: सरकारले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । पहिलो पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गर्ने निर्णय गरेको हो ।
8.प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका कार्यालयमा पनि लागू हुने: प्रदेश सरकारले आफ्नो प्रदेशमा दिने सार्वजनिक बिदा केन्द्र सरकार मातहतका कार्यालयहरुमा पनि लागू हुने भएको छ । यो सँगै धेरैको गुनासो समाप्त भएको छ । केही दिन अघि बसेको संघीय मन्त्रिपरिषदको बैठकले सरकारले प्रदेश सरकारले दिएको बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने निर्णय गरेको थियो ।
9.विजयकुमार गच्छदारले निधिलाई बुझाए क्रियाशिल सदस्यहरुको नामावली: उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका क्रियाशिल सदस्यका साथै महाधिवेश प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण विमलेन्द्र निधिलाई बुझाएका छन् ।
10.नेपालमा 'पब्जी' खेल प्रतिबन्ध: नेपालमा पब्जी खेल प्रतिबन्ध लगाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।
11.अस्तव्यस्त पार्किङको मारमा न्यूरोड, कहाँ राख्ने सवारीसाधन ? (भिडियो सहित): राजधानीको अस्तव्यस्त ठाउँमध्ये एक हो न्यूरोड । व्यापार व्यवसायदेखि विभिन्न कार्यालय संघसंस्थाको साझा ‘हब’ भएकाले पनि दिनैभरि यहाँ मान्छेहरुको आवतजावत भइरहन्छ । एक किसिमले न्यूरोड राजधानीकै सबैभन्दा भीड हुने बजार हो । त्यसैले राजधानीको सबैभन्दा मूख्य समस्या ‘अव्यवस्थित पार्किङ’देखि अछुतो रहेको छैन न्यू रोड पनि ।
12.सगरमाथा आरोहण गर्न ३ सय जनालाई अनुमति, १२ नेपाली: विश्वको सर्वोच्च शिखर सगरमाथासहित देशका विभिन्न हिमाल आरोहणका लागि यसवर्ष ६ सय १६ जना आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि नेपालसहित ४२ देशका आरोहीले आरोहण अनुमति पाएको हुन् । आरोहणका लागि १२ नेपालीसहित ३ सयले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार हिजोसम्म ३० समूहका तीन सय जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् ।
13.नेपाल एग्रो र गणपति माइक्रोफाइनान्स ‘आइपिओ’ निष्काशन गर्ने तयारीमा: आउँदो वैशाखको दोस्रो साताबाट नेपाल एग्रो लघुवित्त र गणपति माइक्रोफाइनान्सले सर्वसाधारणको लागि ‘आइपिआयो’ जारी गर्ने भएका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको एग्रो लघुवित्तले वैशाख ८ गते तथा तनहुँमा केन्द्रीय कार्यालय रहेको गणपति माइक्रोफाइनान्सले ९ गते ‘आइपिओ’ जारी गर्न आज ‘बिहीवार’ आह्वान पत्र निकालेको हो ।
14. राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा पठाउने: नेपाल राष्ट्र बैंकले आज ‘बिहीवार’देखि १५ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा पठाउने भएको छ। राष्ट्र बैंकले तेस्रो त्रैमासिक अन्त्यमा बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने भएको भन्दै बैंकिङ्ग प्रणालीमा पठाउने भएको हो । साथै, बैंकमा तरलता असहज नहोस भनेर एकै पटक १५ अर्ब रुपैयाँको रिपो जारी पनि गरेको हो।
15. निर्वाचन आयोगले लगायो ‘पीएम नरेन्द्र मोदी’ प्रदर्शनमा प्रतिबन्ध: भारती प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । निर्वाचनको पूर्वसन्ध्यामा सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शनमा ल्याउन लागिएको भन्दै ऊजुरी परेपछि तत्कालका लागि सो चलचित्र प्रदर्शनमा रोक लगाइएको हो ।
16. वैशाख दोस्रो साताबाट केपीएल लिग क्रिकेट हुँदै, आठ टिम सहभागी: कर्णाली प्रिमियर लिग ‘केपीएल’ को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ ।
17. आठौँ राष्ट्रिय खेलकुद : अमृत र राजेन्द्र स्क्वास प्रतियोगिताको सेमिफाइनलमा प्रवेश: गण्डकी प्रदेशका अमृत थापा मगर र प्रदेश ३ का राजेन्द्र शाक्य जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ११ औँ स्क्वासको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमिमा आज ‘बिहीवार’ भएको खेलमा अमृतले उमिद शाक्यलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । अमृतले शाक्यलाई ११–५ , ११–२ र ११–८ को सेटमा हराए ।
18. ‘आइपीएल’ क्रिकेटमा मुम्बईको रोमाञ्चक जीत, पञ्जाव स्तब्ध: जारी इन्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जीत हात पारेको छ । वान्खडे क्रिकेट स्टेडियममा बुधवार राति सम्पन्न भएको खेलमा घरेलु टोली मुम्बईले किङ्स इलाभेन पञ्जाव ३ विकेटले पराजित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया