डोल्पा । माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् ।
गत चैत १७ अर्थात पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अहिलेसम्म उनीहरूको खोजी कार्य शुरु हुन सकेको छैन ।
माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।
हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर गएका तीन जना हराएका प्रहरीले जनाएको छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ ।
डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया